All Posts By इटहरी खबर संवाददाता

    Showing २,६९१-२,७०० of ३,०८७ items.
  • नेयमार एक महिना मैदान बाहिर रहने

    काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का ब्राजिली फरवार्ड नेयमार कम्तीमा एक महिना मैदान बाहिर रहने भएका छन् ।फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारले घुँडाको चोट बोक्न पुगेका थिए । एमआरई परिक्षणपछि उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहने क्लबले जनाएको छ ।यो पिएसजीको लागि ठुलो झट्का हो । किनभने नेयमारले जर्मन क्लब बायर्न म्युनिखविरुद्धको युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग गुमाउनेछन् । पहिलो लेगमा १–० ले पछि रहेको पिएसजीले दोस्रो लेग बायर्नकै मैदानमा मार्च ८ मा खेल्दैछ ।प्रभावशाली नेयमार नहुँदा प्रशिक्षक क्रिस्

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • १२९ पटक पढिएको
  • यी हुन् मदिराको ह्याङओभर हटाउने ५ तरिका

    काठमाडौं ।  मदिरा सेवन गर्ने मध्ये अधिकांशको समस्या ह्याङ ओभर बन्ने गरेको छ । बस्ने बेला थोरैनै मदिरा पिउने योजना बनाएपनि पिउँदै जाँदा धेरै पिउने र अर्को दिन चाहिँ ह्याङओभर भएको कारणले तड्पने धेरै हुन्छन् ।कतिपयलाई त अर्को दिन दिनभरीनै लठ्याईरहेको हुन्छ । काम पनि प्रभाावित हुन्छ । तर एजेन्सीहरूका अनुसार निम्न यी कुरा अपनाएमा मदिराको ह्याङओभरबाट मुक्ति मिल्न सकिन्छ ।१. अत्यन्त धेरै पानी पीउने गर्नुपर्छ । पाएमा नरिवलको पानी पनि पिउँदा राम्रो हुन्छ ।२. काँचो अदुवा खाँदा पनि ह्याङओभर हट्न सक्छ ।३. रक्सीले शरीरमा ग्लुकोजको मात्रा कम गराउँछ । त्यसैले गोलभेँडाको जुस खाएमा शरीरको आलस्यता हटेर जान

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • १३८ पटक पढिएको
  • मोरङमा बोराभित्र हालेको अवस्थामा महिलाको शव फेला

    विराटनगर । मोरङको बूढीगंगा–२ अमाहीमा एक महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो ।स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानाएको छ । अहिले घटनास्थलमा मोरङ प्रहरीका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ ।

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • १४५ पटक पढिएको
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालिकाको मृत्यु

    सुनसरी । सुनसरीको हरिनगर  गाउँपालिका–१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुबोध मुखियाकी ७ वर्षीय छोरी नैना कुमारी रहेकी छिन्  । को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले  सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो  ।मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ  । 

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • १२४ पटक पढिएको
  • सहकारीमा ठुलो समस्या छैन, बजारमा फैलाइएको हल्ला निराधार हुन’ : अम्बे सहकारी

    इटहरी । सहकारी टाट पल्टेको बजार हल्ला निराधार रहेको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।  शनिबार विज्ञप्ति जारी गर्दै सहकारीले तरलता अभावका कारण केही समस्या भए पनि सहकारी बन्द हुने वा टाट पल्टिने कुनै सम्भावना नरहेको जनाएको हो ।आफ्नो सहकारीको आर्थिक सूचकहरू राम्रो रहेको र टाट पल्टेको र सञ्चालक समिति भागेको भन्ने हल्ला निराधार रहेको सहकारीले स्पष्ट पारेको छ । पछिल्लो समय नेपालमा देखा परेको वित्तीय सङ्कटका कारण सहकारीलाई प्रभाव परे पनि ठुलो समस्या नरहेको जनाएको छ ।संस्थाका अध्यक्ष फडिन्द्र मगरद्वारा जारी विज्ञप्तिमा आर्थिक मन्दी तथा तरलता अभावका कारण उद्योग व्यवसायदेख

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • १८८ पटक पढिएको
  • कुखुरा तस्करीमा संलग्न तीन जना सुनसरीबाट पक्राउ

    इटहरी । कुखुरा तस्करीमा संलग्न तीन जनालाई सुनसरीको रामधुनीस्थित डुम्राहाबाट नियन्त्रणमा लिइएको छ । स्थानीय किसानहरुले ५८ थान कुखुरा र दुई वटा मोटरसाइकलसहित तीन जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएका हुन् ।भारतबाट अवैधरुपमा भित्राउँदै गरेको अवस्थामा बुधबार साँझ ती कुखुराहरु नियन्त्रणमा लिइएको स्थानीयहरुले जानकारी दिए । तस्करीमा संलग्नहरु रामधुनी तथा इनरुवाका स्थानीहरु भएको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • १४१ पटक पढिएको
  • सुनसरीबाट ३ सय ५० केजी गाँजा सहित दुई जना पक्राउ

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ बाट गाँजा बोकेको पिकअप सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक धरान–१६ का २७ वर्षीय पूर्ण बहादुर राई र सह–चालक विजय राई रहेका छन् । आइतबार राती राजगञ्ज सिनवारि–कप्तानगञ्ज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको गस्ती टोलीले को १ ज १६६१ नम्बरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई चेक जाँच गर्दा गाँजा बरामद गरेको हो ।कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम ९सात बोरा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।  गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीबा

    • प्रकाशित मितिः फागुन २, २०७९
    • ८३ पटक पढिएको
  • खाँचो अर्थ शिक्षाको

    औसत नेपालीलाई अर्थ बारे अत्यन्तै कम ज्ञान देखिन्छ । घरमा खर्च हुने पैसा कहाँबाट आउँछ भन्नेबारे अठार उन्नाइस पुगेको कलेज पढ्ने छोरालाई समेत थाहा हुन्न, मलाई मोटरसाइकल चाहियो भन्छ । घरको आयव्यय नै हिसाब नगरी । छोराछोरी कि आमाले तिजै पिच्छे नयाँ सारी चाहियो भन्छिन् । उनलाई पनि पैसा कहाँ बाट आउँछ थाहा छैन । औँसी पूर्णे र चाडबाडमा आउने ज्वाइँ, भानिजलाई पनि धेरै दक्षिणा चाहिन्छ । तिनलाई पनि पैसाको श्रोत कहाँ छ थाहा हुन्न । दसैँमा टीका थाप्न आउने कसैलाई पनि पैसा कहाँबाट आउँछ थाहा हुन्न । थोरै दक्षिणा पाए घोसे मुन्टो लगाउँछन् ।विदेश उच्च शिक्षा पढ्न जाने विद्यार्थीलाई पनि पैसा कहाँबाट आउँछ भन्ने थाहै

    • प्रकाशित मितिः पुस २१, २०७९
    • १,३३१ पटक पढिएको
  • साहसिक महिलाको संघर्षको कथा

    सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ क बाट प्रदेशसभा सदस्यका लागि बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट उमेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ सरस्वती पोखरेललाई यति बेला चुनावी सभामा, प्रचारप्रसार र कार्यक्रमहरूमा जान भ्याइ नभ्याई छ। घरमा सानो  छोरा र  सासू ससुरालाई छोडेर उनी बिहानदेखि राति अबेरसम्म जनताकै घरदैलोमा हुन्छिन्। उनका श्रीमान् नेकपा माओवादी केन्द्रका प्रदेश १ उपाध्यक्ष शिव डाँगी पनि चुनावी प्रचारमा उत्तिकै खटिएका छन्। बिहान साँझ थोरै समय निकालेर दुवै जनाले घरको काम सक्छन् । बच्चा र बुढी आमाका लागि खानेकुरा तयार गर्दिन्छन् र हस्याङफस्याङ गर्दै कार्यक्रम, भेटघाटका लागि निस्कन्छ

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • १८१ पटक पढिएको
  • जनअदालतमा आएको छु -: विजय कुमार गच्छदार

     इटहरी/ नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदारले चुनावी सभामा आफु निर्दोष भएकाले जनअदालतमा आएको बताएका छन्  । गच्छदारले ललिता निवास प्रकरणमा आफ्नो कुनै संलग्न नभएकोले न्यायालयको विश्वास गदै आफू जनअदालतमा पनि इन्साफ माग्न आएको बताएका छन् । इटहरीमा आयोजित भुनावी सभालाइ सम्बोधन गर्ने क्रमामा आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रि हुँदा ललिता निवासको विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा जबरजस्ती आफू माथि आरोप लगाएर ५२ वर्षको राजनीतिक करियर समाप्त बनाउने षड्यन्त्र भएको बताएका छन् ।आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रि भएकाे र जग्गा सम्बन्धी निर्णय गर्ने अधिकार भूमि सुधार मन्त्

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • १६८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल