All Posts By इटहरी खबर संवाददाता

    Showing २,४५१-२,४६० of ३,०८७ items.
  • इन्डोनेसियामा डुंगा पल्टिँदा १५ जनाको मृत्यु, १९ जना बेपत्ता

    काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा १९ जना बेपत्ता भएका छन् । ६ जना यात्रुको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० यात्रु थिए । सो डुंगा राति डुबेको थियो । तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बेपत्ता यात्रुको खोजी गरिरहेको छ । खोज तथा उद्धार एजेन्सीको स्थानीय शाखाका मुहम्मद अराफाले भने, ‘सबै पीडितहरूको पहिचान भइसकेको छ र शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको छ, बाँचेकाहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेक

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १५२ पटक पढिएको
  • सुनसरीमा पछिल्लो दुई हप्तामा २५ सय डेंगुका बिरामी थपिए

     काठमाण्डौ ।सुनसरीमा पछिल्लो दुई हप्तामा डेंगुका झण्डै तीन हजार बिरामी थपिएका छन् । इपिडिमियोलोजी   तथा   रोग   नियन्त्रण   महाशाखाले गएको असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा थियो । अहिले यो सङ्ख्या बढेर चार हजार पुगेको छ ।सुनसरीमा मात्रै दुई हजार पाँच सय बिरामी थपिएका महाशाखाले जनाएको छ । महाशाखाले  सार्वजनिक  गरेको  तथ्याङ्क  स्वास्थ्य संस्थामा आएका बिरामीको मात्र हो । स्वास्थ्य संस्था नआउने तथा सम्पर्कमा नआएका बिरामी अझै हुन सक्ने महाशाखाले जनाएको छ ।धरानको बीपी कोइराला स्

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १६० पटक पढिएको
  • प्रचण्डको सुशासन सल्लाहकार भन्दै ४५ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा काठमाडौंको नागर्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाख खनाल रहेका छन् ।उनीहरूले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरूसँग चिनजान रहेकाले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने भनी झुटा आश्वासन दिएर ठगी गरेका खुल्न आएको छ । पीडितहरूलाई विभिन्न कागजातमा सहीछाप गराई उनीहरूले ४५ लाख बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।यसरी रकम ठगी गरी उनीहरूल

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १०२ पटक पढिएको
  • कुवेतमा एक नेपालीको मृत्यु

    काठमाडौँ ।  वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल–१० रुपन्देहीका सुशान्त अर्याल छन् । विगत लामो समयदेखि गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका अर्यालको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।पछिल्लो केही समयदेखि स्वास्थ्यमा समस्या भएपछि नेपाल फर्किन खोज्दा नेपाली दूतावासबाट फिङ्गर गरेर डिटेन्सन सेन्टर पुर्‍याइएको थियो। तर उनको स्वास्थ्यमा थप गम्भीर समस्या देखिएपछि डिटेन्सन सेन्टरले पनि लिन मानेको थिएन ।तर दूतावासले एक दुई दिनभित्र जसरी भएपनि नेपाल पठाइदिन अनुरोध गरेपछि डेटेन्सन सेन्टरले स्वीकार गरे पनि उडान हुने दिनसम्म उनको अवस

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १२३ पटक पढिएको
  • पाल्पामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ४२ वर्षीय पुरुषको मृत्यु

     पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरबासमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ४२ वर्षीय गोविन्द बरम्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।घर नजिकैको खेतमा मोटबारबाट पानी तान्नका लागि तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको छ  । 

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १४० पटक पढिएको
  • शिव परियारले ल्याए ‘तिमी हौ सबथोक मेरो’(भिडियोसहित)

    काठमाडौं ।गायक शिव परियारको नयाँ गीत ‘तिमी हौ सबथोक मेरो’सार्वजनिक भएको छ । प्रेमभावको यो गीतको शब्द रचना सागर फुयालले गरेका हुन् । गीतमा शिव परियारको संगीत र रिदम कँडेलको एरेन्ज छ ।शुक्रबार राइजिङ मलस्थित क्युज सिनेमाजमा आयोजित पत्रकार सम्मेलनमा उक्त एल्बममा समावेश गीत ‘तिमी हौ सबथोक मेरो’ गीत रिलिज गरिएको हो । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री मिरुना मगर र अभिनेता अनुपविक्रम शाही फिचर्ड छन् । यो रोमान्टिक गीतमा मिरुना र अनुपलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।हरि हुमागाईंले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । भिडियोका निर्माता सागर फुयाल हुन् । ‘

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १६७ पटक पढिएको
  • पहिलोपटक जीम जाँदै हुनुहुन्छ ? यसरी बनाउनुहोस् वर्कआउट रुटिन

    एजेन्सी । पहिलोपटक जीम जाने व्यक्तिहरु प्रायजसो धेरै उत्साहित हुने क्रममा शरीरलाई एकदमै धेरै कसरत गर्नका लागि धकेल्छन् । यसरी तपाईंले आफ्नो शरीरलाई चोट पुर्‍याउन पनि सक्नुहुन्छ ।त्यसैले पहिलोपटक जीम जाँदै हुनुहुन्छ भने तपाईंका लागि विशेषज्ञहरुको अनुभवबाट केही टिप्सहरु ल्याउका छौं ।जानौं ति टिप्सका बारेमा:– सानो तथा सक्ने खालको गोल बनाउनुहोस् । शुरुआतमा नै ठूलो गोल तयार गर्नुभयो भने त्यसलाई तपाईंले पूरा गर्न सक्नुहुने छैन । त्यसैले सानो सानो गोलबाट आफूलाई फिट गराउँदै जानुहोस् ।–  कुनै पनि कसरत गर्नका लागि वार्मअप एकदमै जरुरी हुन्छ । त्यसैले स्ट्रेचिंग तथा वाकिंग गरेर कसरतको शुरुआत गर्

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १८३ पटक पढिएको
  • नेपाल–भारत सीमा क्षेत्रमा गोली चल्दा, एक महिलाको मृत्यु

    धनुषा  ।  धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित नेपाल–भारत सीमामा अज्ञात समूहको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ।मृत्यु  हुर्नेमा पहिचान खुल्न नसकेको ३५ वर्षीया महिलाको गाली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। शनिबार बेलुका साढे ८ बजे भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शवको पोस्टमार्टमका लागि लगेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि खुल्न सकेको छैन।मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले ती महिलालाई दुई राउन्ड गोली हानेर भारततर्फ नै भागेको बुझिएको छ।नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १३९ पटक पढिएको
  • तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  गत शुक्रबार छापावाल सुनको मूल्य  तोलामा  १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार  भएको सुनको मूल्य आज (आइतबार) तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १२१ पटक पढिएको
  • आज कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ बाँडफाँट

    काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ आज आईतबार बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा उक्त कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १० हजार १ सय १४ जनाले १०–१० कित्ता र १ जनाले ११ कित्ता पाएका छन् । उक्त कम्पनीको आईपीओका लागि कूल १० लाख ४८ हजार ४ सय ६८ जनाले आवेदन दिएकोमा १० लाख ४७ हजार ३ सय ५ को आवेदन मात्र योग्य भएको थियो ।   कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीको लागि शे

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १२४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल