विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुर्नेमा झापाको दमक नगरपालिका–४ का ३० वर्षीय विशाल सिटौला रहेका छन् । हिजो (बिहिबार) साँझ मे १ च ४१७१ नम्बरको भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट विशाल गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाइएको छ ।दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
काठमाडौँ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहिबार) तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज(शुक्रबार) तोलामा १०० रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ४०० रुपयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ९०० रुपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १२ सय ७५ रुपैयाँ कायम भए
काठमाडौँ । १९ फागुनबाट प्रदर्शन हुने फिल्म ‘छड्के २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता अनमोल केसी ग्याङस्टारको लुक्समा देखिएका छन् । उनको शरीरभरि ट्याटु छ । फिल्मले रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा उठाएको छ । पैसाका लागि मनाङको प्राकृतिक स्रोतको संकलन गर्नु र त्यसमा आफ्नो एकाधिकार जमाउन खोज्नु ग्याङको उद्देश्य फिल्ममा देखाइएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार
काठमाडौँ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर १ लाख २ हजार ५ कारोबार भएको छ । यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बागलुङ । गाई काटेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जैमिनी नगरपालिका वडा नम्बर ५ का २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टंकबहादुर सार्की रहेका छन्। जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा गाई काटेका ४ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको हो। प्रहरीका अनुसार डिल बहादुर परियारको गोठमा चार जना मिलेर गाई काटिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई पशुपंक्षी सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी जिल्ला अदालत बागलुङबाट थप अनुसन्धान
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब नेपाल पुलिस र सातदोबाटो युथ क्लब खेल्दै छन् । यी दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन दिउँसो ३ बजे सुरु हुनेछ ।उद्घाटन खेलअघि सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुति हुनेछ।प्रतियोगितामा एु डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।१७ गते हुने फाइनलका लागि भने टिकटको मूल्य ३०० रुपैयाँ राखिएको छ ।प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद
इटहरी । इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउती सम्मको बाटो छिटो निर्माण गर्न आयोजना प्रमुखलाई पत्रचार गरेको छ । सडक निर्माण विस्तार सुस्त हुँदा दैनिक सर्वसाधारणले सास्ती बेहोर्नु परेको भन्दै बाटो छिटो गर्न पत्रचार गरेको होनगर प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण ढिलो भएको भन्दै सङ्घीय सरकारको ध्यानाकर्षण गाराएका हुन ।यस अघि पनि नगर प्रमुख पौडेलले स्थलगत अनुगमन गरी छिटो बाटो बनाउन अनुरोध गर्दा पनि निर्माणको काम अघि नबढेको भन्दै सङ्घीय सरकारको मातहतको आयोजनामा पर्ने उक्त राजमार्ग छिटोभन्दा छिटो बनाउन छ लेन सडक आयोजनालाई पत्रचार गरेका हुन । बारम्
इटहरी । इटहरीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा इटहरी १० आमझोकी बस्ने ४० वर्षीय राजेन्द्र सरदार रहेका छन् । मंगलबार राति ११ बजेतिर इटहरी १० आमझोकीस्थित भित्री पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २ ह ६४३२ नम्बरको टेम्पो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी टेम्पोमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय राजेन्द्र सरदार गम्भीर घाइते भएका थिए । उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा राति १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।टेम्पो र चालक इटहरी १० कै २८ वर्षीय अजय कुमार चौधरीलाई प्रहरी चौकी खनारले नियन्त
झापा । झापामा लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ का २९ वर्षीय सुरज कुँवर र ३४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । अस्थाई प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ६ प ६२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको इन्डिकेटरभित्र लुकाएर राखेको अवस्थामा ४ ग्राम २२ मिलिग्राम लागूऔषध फेला पारेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार ) तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मंगलबार) तोलामा २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजावी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।